काठमाडौँ उपत्यकामा १२१ जना सहित देशभर थप २३६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २५ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२१ जना सहित देशभर थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८४, भक्तपुरमा ५ र ललितपुरमा ३२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ६७२ आरटी पीसीआर तथा ३ हजार ५०६ एन्टीजेन परिक्षण सहित ९ हजार १७८ जनाको परिक्षण गर्दा २३६ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार ७५० रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८८३ रहेको छ । यसैगरी,पछिल्लो २४ घण्टामा थप ३०७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ६ हजार ५४४ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जानाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५५३ रहेको छ ।

