छुरा प्रहार गरी प्रेमिकाको हत्या

झापा, २९ भदौ – झापाको अर्जुनधारा नगरपालिका ६ बिर्तामोड शनिश्चरे रोडस्थित महानन्द चोकमा शुक्रवार साँझ ६ बजेर ४० मिनेटमा एक युवकले लगातार छुरा प्रहार गर्दा सूर्योदय नगरपालिका १० फिक्कल घरभई हाल बिर्तामोडमा रहँदै आएकी १९ बर्षीया मनीषा लोहारको मृत्यु भएको छ ।

कैलाली गौरीगङ्गा नगरपालिका ३ बस्ने २० बर्षीय अनिल विकले युवतीलाई छुरा प्रहार गरेको थियो । उहाँको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छुरा प्रहार गर्ने ती युवा पक्राउ गरेको छ ।

Facebook Comments Box