पत्रकार दिपेन्द्र खनियाँ बानेश्वरस्थित घरमा मृत फेला

 काठमाडौं, ७ कात्तिक – पत्रकार दिपेन्द्र खनियाँ आफ्नै घरमा मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार खनियाँ आइतबार मध्यान्ह बानेश्वरस्थित घरको बरन्डामा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

एसपी भट्टराईले बताएअनुसार खनियाँ दिउँसो करिब १२ बजे तारको पासो लगाइ झुन्डिएको अवस्थामा फेला परेका थिए। घटनास्थलको मुचुल्का पूरा गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। खनियाँ रेडियो अडियो एफएमका सञ्चालक हुन्।

Facebook Comments Box