नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरायो

काठमाडौं, ७ मंसिर – नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया पूरा गरेको छ। आइतबार आयोगको कार्यालय पुगेर दल दर्ता गराइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘आज हामीले निर्वाचन आयोगमा दल दर्ताको सबै प्रक्रिया पूरा गरेका छौँ,’ पौडेलले बताएका छन्। उनका अनुसार कांग्रेसले आगामी राष्ट्रियसभा तथा प्रतिनिधिसभा दुवै निर्वाचनका लागि आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेको छ।

कांग्रेसले हिजोमात्रै प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो। आगामी राष्ट्रियसभा निर्वाचन माघ ११ गते र प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते निर्धारित छन्।

Facebook Comments Box