वीरगञ्जमा हैजा नियन्त्रणयोग्य अवस्थामैः प्रजिअ सुवेदी

वीरगञ्ज (पर्सा), ११ भदौ

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वीरगञ्ज र आसपासमा देखिएको हैजा सङ्क्रमण नियन्त्रण बाहिर नरहेको बताएका छन्। पत्रकारसँगको भेटघाटमा सुवेदीले हैजा रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहेको भन्दै संवेदनशीलतापूर्वक काम भइरहेको जानकारी दिए। “अहिलेसम्म देखिएको हैजा नियन्त्रण गर्न सक्ने अवस्थामै छ,” उहाँले भने।

उनका अनुसार हाल हैजा सङ्क्रमित बिरामीहरुको उपचार र सचेतनामूलक गतिविधि दुवै सञ्चालन भइरहेका छन्। अस्पतालमा भर्ना भएकामध्ये धेरै बिरामी निको भएर घर फर्किन थालेको र रोकथामका लागि सबै मिलेर हातेमालो गर्नुपर्ने उनले बताए।

Facebook Comments Box