कालीगण्डकी र रिडी खोलाको बहाव बढेपछि गुल्मीमा बस्ती खाली गराउन थालियो
गुल्मी । कालीगण्डकी र रिडी खोलाको बहाव बढेपछि गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ लामोचौपारी आसपासका बस्ती खाली गराउन थालिएको छ । खोलाको बहाव बढेसँगै जोखिममा रहेका स्थानीयलाई सतर्क गराउँदै घरमा रहेका सामान सुरक्षित स्थानमा सार्न थालिएको हो ।
गएराति वडाध्यक्ष नवराज विकसहित स्थानीय युवा जोखिममा रहेका घरका सामान सुरक्षित स्थानमा सार्न खटिएका थिए । स्थानीय प्रेम भण्डारीका अनुसार रातिदेखि नै युवाहरूको सक्रियतामा जोखिममा रहेका परिवारका सामान सुरक्षित स्थानमा सारिएको हो । खोलाको प्रभाव थप बढ्न सक्ने भएकाले किनारमा रहेका बस्तीका स्थानीयलाई सतर्क रहन तथा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
Facebook Comments Box

