कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

गुल्मी, ६ भदौ

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार बाटो खोल्ने कार्यका लागि डोजरसहितका उपकरण प्रयोग भइरहेको छ। पहिरोको जानकारी प्राप्त हुनासाथ पुर्तिघाटस्थित प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवलतर्फ गइरहेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

Facebook Comments Box