काठमाडौं महानगरपालिकाद्वारा डेंगु नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान
काठमाडौं, ६ भदौ
काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि आज एकदिने मेगा अभियान सञ्चालन गर्दैछ। बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु हुने उक्त अभियानलाई ‘वाक एन्ड एक्ट’ नाम दिइएको छ। महानगरको स्वास्थ्य विभागका प्रमुख दिपक कुमार केसीका अनुसार अभियानका क्रममा लामखुट्टे बस्ने स्थान नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे सचेतना फैलाउने, माइकिङ गर्ने लगायतका गतिविधि हुनेछन्।
गत साउन २७ गते विभागीय निर्णयअनुसार महानगरपालिकाका सबै वडामा एकसाथ र एकै समयमा यो अभियान सञ्चालन गर्न लागिएको हो। यसअघि पनि महानगरले प्रत्येक शुक्रबार नियमित रूपमा डेंगु नियन्त्रण अभियान सञ्चालन गर्दै आएको थियो।
Facebook Comments Box

