मकवानपुरमा किरिया बसेको घरमा चट्याङ, एकको मृत्यु, सात घाइते
मकवानपुर, ३ भदौ
मकवानपुरको मनहरी गाउँपालिका–६ हाङलाङमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
प्रहरीका अनुसार पालबहादुर घलानको घरमा मंगलबार दिउँसो करिब ४ः२० बजे चट्याङ खसेको हो। किरियाको काममा सघाउन आएका दैलीडाँडा बस्ने ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको छ।
सोही घटनामा १२ वर्षीया वर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवन राप्ती नगरपालिका–११ का ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएका छन्।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि मनहरी अस्पताल मकवानपुर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Facebook Comments Box

