आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर ८ मा दक्षिण अफ्रिकाको लगातार दोस्रो जित
काठमाडौँ, ८ असार – आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर ८ मा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित दर्ता गरेको दिन इंग्ल्यान्डले भने पहिलो हार व्यहोरेको छ। शुक्रबार राति भएको समूह बी को खेलमा दक्षिण अफ्रिकाले इंग्लयान्डमाथि ७ रनको जित निकालेको हो।
दक्षिण अफ्रिकाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५६ रन मात्र बनाउन सक्यो। इग्ंल्यान्डका ह्यारी ब्रुकले ३७ बलमा ७ चौका सहयोगमा ५३ रन बनाएपनि टोलीको हार टार्न सकेनन्। लियाम लिभिङस्टोमले १७ बलमा ३ चौका र २ छक्का सहयोगमा ३३ रन बनाए। कप्तान जस बटलरले १७, जोनी बिस्ट्रोले १६ रन थपे।
दक्षिण अफ्रिकाका कागिसो रबडा र केशव महाजनले समान २ विकेट लिए। ओटनिल बार्टमन र एडेन मक्रमले समान १ विकेट लिए। त्यसअघि इग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६३ रनको योगफल तयार पारेको थियो।
क्वीन्टन डि ककले ३८ बलमा ४ चौका र ४ छक्का सहयोगमा सर्वाधिक ६५ रनको योगदान दिए। डेभिड मिलरले ४५ रन थपे। उनले २८ बलमा ४ चौका र २ छक्का हाने। रिजा हेनड्रिक्सले १९ रन थपे। इंग्ल्ल्यान्डका जोफ्रा आर्चरले ३ विकेट लिए। मोइन अली र आदिल रासिदले समान एक विकेट लिए। जितसँगै २ खेलबाट ४ अंक जोडेकने दक्षिण अफ्रिका समुह बी को शीर्ष स्थानमा छ। समान खेलबाट १ अंक भएको इंग्ल्यान्ड दोस्रो स्थानमा छ।