कोशी, बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २९ असार – देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमी न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेकाले देशका धेरै भागमा वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो देशभर साधारण बदली रहनेछ भने सभी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

त्यसैगरी, देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ।कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका केही भागहरूमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका केही स्थानमा राति पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस्तै, हिमाली र उच्च पहाडी भेगमा राति पनि वर्षा तथा हिमपातको सम्भावना कायम छ।

Facebook Comments Box