प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दै

काठमाडौँ, २९ असार – संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भएको छ। आजको बैठकका लागि तय भएको सम्भावित कार्यसूचीअनुसार, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुहुनेछ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

Facebook Comments Box