भोटेकोसीको बाढीले रसुवामा ११ जना बेपत्ता, ठूलो मानवीय र भौतिक क्षति

काठमाडौँ, २४ असार – भोटेकोसी नदीमा आज बिहान आएको बाढीले रसुवामा ११ जना बेपत्ता भएका छन्। बाढीले रसुवागढी भन्सार क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार भन्सार कार्यालयको यार्डमा पार्किङ गरिएको गाडीभित्र रहेका ११ जना बाढीमा बेपत्ता भएका हुन्। “हामी अहिले उद्धार र खोजी कार्यमा जुटिरहेका छौँ,” अधिकारीले बताए।

स्थानीयले सोमबारदेखि नै भोटेकोसीमा सानो बाढी देखिएको जनाएका छन्। तर आज बिहान एक्कासी आएको ठूलो बाढीले मानवीय र भौतिक क्षति पुर्‍याएको हो। स्थानीयका अनुसार रसुवागढी सुख्खा बन्दरगाहमाथि अवस्थित चारवटा हिमतालमध्ये कुनै एक फूट्दा बाढी आएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि यसको पुष्टि भने भइसकेको छैन। क्षतिको पूर्ण विवरण संकलनको काम जारी रहेको प्रशासनले जनाएको छ।

Facebook Comments Box