आज देशभर मौसम आंशिकदेखि सामान्यतया बदली रहि एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना

काठमाडौं ६ माघ – पश्चिमी वायुको प्रभावले यतिबेला सुदूरपश्चिम, कर्णालीलगायत अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली छ। साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज देशभर मौसम आंशिकदेखि सामान्यतया बदली रहनेछ। पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

यस्तै आज राति देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ। यस क्रममा प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ।

महाशाखाले देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।

Facebook Comments Box