आज तीन संसदीय समितिका बैठकहरू बस्दै, विधेयकमाथि छलफल मुख्य एजेन्डा
काठमाडौँ, १९ असार – आज प्रतिनिधि सभाका तीन संसदीय समितिहरूका बैठकहरू बस्दैछन्। बैठकहरूमा महत्त्वपूर्ण विधेयकमाथि छलफल गरिने कार्यसूची रहेको छ। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ।
त्यही समयमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सम्बन्धी विषयमा विज्ञहरूबाट प्रस्तुतीकरण सहित छलफल हुने कार्यसूची तय गरिएको छ। यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विविध विषयमा छलफल हुने समितिका सचिवालयले जनाएको छ।
Facebook Comments Box

