भोजपुर बहुमुखी क्याम्पसलाई छ लाख बराबरको स्मार्ट बोर्ड हस्तान्तरण

भोजपुर, १९ असार – रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई प्रविधिमैत्री शिक्षण प्रणाली प्रवर्द्धन गर्न तीनवटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। उक्त स्मार्ट बोर्डहरू रु ६ लाख लागतमा उपलब्ध गराइएको हो।गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार क्याम्पसमा प्रविधिमैत्री सिकाइलाई प्रवर्द्धन गर्दै शिक्षण प्रक्रिया सहज बनाउने उद्देश्यले स्मार्ट बोर्ड उपलब्ध गराइएको हो।

अध्यक्ष राईका अनुसार गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसको शैक्षिक विकासमा हालसम्म करिब रु २७ लाख बराबरको सहयोग गरेको छ। त्यसैगरी, क्याम्पसमा अध्ययनरत २१७ जना विद्यार्थीको पठनपाठन शुल्क समेत गाउँपालिकाले विभिन्न वर्षमा समेटी सहयोग गरेको जानकारी दिइएको छ।

Facebook Comments Box