एमसिसी योजना कार्यान्वयनमा निरन्तरता दिने अमेरिकी निर्णयको एमसिए–नेपालद्वारा स्वागत

काठमाडौँ, १९ असार – मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) अन्तर्गतका योजनाको कार्यान्वयनलाई निरन्तरता दिने अमेरिकी निर्णयको स्वागत गरेको छ।वैदेशिक सहयोगमा अमेरिकी सरकारले लगाएको अस्थायी स्थगनका सन्दर्भमा एमसिसी कार्यक्रमलाई विशेष छुट दिँदै अगाडि बढाउने निर्णय प्रति एमसिए–नेपालले बुधबार कृतज्ञता व्यक्त गरेको हो।

एमसिए–नेपालका अनुसार विद्युत प्रसारण लाइन (२९७ किमी), सडक मर्मतलगायत पूर्वाधार निर्माणसँग सम्बन्धित खरिद प्रक्रिया पूरा गर्ने कार्यमा संस्था एमसिसीसँग नजिकको सहकार्यमा रहेको छ। साथै, वैदेशिक सहयोगको समीक्षा प्रक्रिया सुरु हुनु अघिनै अघि बढिसकेका तीनवटा सबस्टेसन तथा १८ किमी लामो सीमापार प्रसारण लाइन निर्माण कार्य पनि अविरल रूपमा अघि बढाइएको जनाइएको छ।

एमसिए–नेपालले नेपालका ऊर्जा तथा यातायात क्षेत्रको दीर्घकालीन विकासमा यी आयोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। कम्प्याक्ट कार्यक्रम कार्यान्वयनका लागि निरन्तर सहकार्य जारी राखेकोमा एमसिसीप्रति धन्यवादसमेत प्रकट गरिएको छ।

Facebook Comments Box