पछिल्लो २४ घण्टामा देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १७ कात्तिक – पछिल्लो २४ घण्टामा देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा १ हजार ३६३ आरटी पीसीआर तथा ९४९ एन्टीजेन परिक्षण सहित २ हजार ३१२ जनाको परिक्षण गर्दा थप ४९ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ८२७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५७५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८८ हजार ८२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १९ पुगेको छ ।
Facebook Comments Box

