कोशी प्रदेशमा एक लाख ३० हजारभन्दा बढी मत बदर
मोरङ, २८ फागुन – कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न निर्वाचन आयोगद्वारा आयोजित प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमा कूल २० लाख ८४ हजार २१९ मत खसेकोमध्ये १९ लाख ५३ हजार ३७२ मत सदर भएका थिए ।
जिल्लागत विवरणअनुसार ताप्लेजुङमा दुई हजार ६८६, पाँचथरमा तीन हजार ८९७, इलाम–१ मा चार हजार ५६६, इलाम–२ मा तीन हजार ८९५, झापा–१ मा चार हजार २६९, झापा–२ मा चार हजार ४६९, झापा–३ मा पाँच हजार ६२९, झापा–४ मा चार हजार ७६८ र झापा–५ मा चार हजार २१९ मत बदर भएका छन् ।
यसैगरी, सङ्खुवासभामा तीन हजार ७८०, तेह्रथुममा एक हजार ९०९, भोजपुरमा तीन हजार ८७१ र धनकुटामा चार हजार ८८३ मत बदर भएको छ । मोरङ जिल्लामा मोरङ–१ मा चार हजार ८३७, मोरङ–२ मा छ हजार ५०, मोरङ–३ मा छ हजार ८२७, मोरङ–४ मा पाँच हजार २५६, मोरङ–५ मा सात हजार ८८९ र मोरङ–६ मा पाँच हजार ६४४ मत बदर भएको कार्यालयले जनाएको छ ।
त्यस्तै, सुनसरी–१ मा चार हजार ४८९, सुनसरी–२ मा छ हजार २२९, सुनसरी–३ मा पाँच हजार ६११, सुनसरी–४ मा छ हजार ६७४, सोलुखुम्बुमा एक हजार ९९०, खोटाङमा तीन हजार ९२८, ओखलढुङ्गामा तीन हजार ३५६, उदयपुर–१ मा पाँच हजार ५४७ र उदयपुर–२ मा तीन हजार ६७३ मत बदर भएका छन् । सबैभन्दा बढी मत बदर मोरङ क्षेत्र नम्बर ५ मा १० दशमलव ०६ प्रतिशत रहेको छ भने सबैभन्दा कम झापा क्षेत्र नम्बर ५ मा तीन दशमलव ९६ प्रतिशत रहेको जनाइएको छ ।

