लामिछाने र शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ, २८ फागुन – शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई हालै सम्पन्न आमनिर्वाचनमा पार्टीले हासिल गरेको उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री शरीफले पठाउनुभएको बधाई सन्देशमा उक्त जनादेशलाई नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्बका रूपमा उल्लेख गर्नुभएको छ ।

सन्देशमा उहाँले पाकिस्ताननेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको बताउनुभएको छ । यो जानकारी पाकिस्तानी राजदूतावास काठमाडौँले दिएको हो ।

Facebook Comments Box