आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण
काठमाडौँ, २८ फागुन – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) रु ५०, गोलभेँडा सानो (भारतीय) रु ५५, गोलभेँडा सानो (तराई) रु ६५, आलु रातो रु २२, आलु रातो (भारतीय) रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ कायम गरिएको छ ।
तरकारीतर्फ गाजर (लोकल) रु ५०, गाजर (तराई) रु ४०, बन्दा (लोकल) रु ३५, बन्दा (नरिबल) रु २४, काउली (स्थानीय) रु ३०, काउली (ज्यापू) रु ३५, काउली (तराई) रु ३०, रातो मूला रु ३५, सेतो मूला (लोकल) रु १५, सेतो मूला (हाइब्रिड) रु २०, भन्टा लाम्चो रु ५० र भन्टा डल्लो रु ६० प्रतिकिलो तोकिएको छ ।
यसैगरी मटरकोसा रु ४०, घिउ सिमी (लोकल) रु ४५, घिउ सिमी (हाइब्रिड) रु ४०, घिउ सिमी (राजमा) रु ७०, टाटे सिमी रु ५०, तिते करेला रु १२०, लौका रु ६०, परवर (तराई) रु १२०, घिरौँला रु ६०, फर्सी पाकेको रु ७०, हरियो फर्सी (लाम्चो/डल्लो) रु २०, सलगम रु ५०, भिन्डी रु १२०, सखरखण्ड रु ७०, बरेला रु ४०, पिँडालु रु ६० र स्कुस रु ४० प्रतिकिलो निर्धारण गरिएको छ ।
सागसब्जीतर्फ रायोसाग रु ३५, पालुङ्गो रु ७०, चमसुर रु ७०, तोरीसाग रु ३०, मेथी रु ७०, हरियो प्याज रु ५०, बकुला रु ३५, तरुल रु ७० प्रतिकिलो तोकिएको छ । च्याउतर्फ कन्य च्याउ रु १५०, डल्ले च्याउ रु ४५०, राजा च्याउ रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० कायम गरिएको छ ।
अन्य उत्पादनतर्फ कुरिलो रु ६००, निगुरो रु ८०, ब्रोकाउली रु ३०, चुकुन्दर रु ७०, सजीवन रु १८०, कोइरालो रु ३५०, रातो बन्दा रु ५०, जिरीको साग रु ५०, ग्याठकोभी रु ६०, सेलरी रु ११०, पार्सले रु २२०, सौफको साग रु ७०, पुदिना रु १८०, गान्टे मूला रु ५०, इमली रु १८०, तामा रु १३०, तोफु रु १५०, गुन्द्रुक रु ३०० र रूखटमाटर रु २८० प्रतिकिलो तोकिएको छ ।
फलफूलतर्फ स्याउ (झोले) रु २५०, स्याउ (फुजी) रु ३००, केरा (दर्जन) रु १९०, अनार रु ३२०, अङ्गुर (हरियो) रु २२०, अङ्गुर (कालो) रु ३२०, सुन्तला (भारतीय) रु १६०, तरबुजा रु ६०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) रु ६०, काँक्रो (हाइब्रिड) रु ४०, काँक्रो (लोकलक्रस) रु ५०, रुख कटहर रु १२०, नास्पाती (चाइनिज) रु २५०, मेवा (नेपाली) रु ७०, मेवा (भारतीय) रु १२०, लप्सी रु ३००, किनु रु १३०, स्ट्रबेरी रु ४००, किबी रु ४०० र एभोकाडो रु ४०० प्रतिकिलो निर्धारण गरिएको छ ।
मसलातर्फ अमला रु १४०, अदुवा रु १२०, सुकेको खुर्सानी रु ४५०, हरियो खुर्सानी रु ११०, हरियो खुर्सानी (बुलेट) रु ९०, हरियो खुर्सानी (माछे) रु ५०, हरियो खुर्सानी (अकबरे) रु ९००, भेडे खुर्सानी रु ८०, हरियो लसुन रु ५०, हरियो धनियाँ रु ५०, लसुन सुकेको (चाइनिज) रु २६०, लसुन सुकेको (नेपाली) रु २००, छ्यापी सुकेको रु १२० र छ्यापी हरियो रु ८० प्रतिकिलो तोकिएको छ । माछातर्फ सुकेको माछा प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) रु ३५०, ताजा माछा (बचुवा) रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको समितिले जनाएको छ ।

