होर्मुज जलडमरू क्षेत्रमा अमेरिकी आक्रमण, इरानका १६ डुङ्गा ध्वस्त

काठमाडौँ, २७ फागुन – संयुक्त राज्य अमेरिका, इजरायलइरान बीच जारी युद्ध ११औँ दिनमा पुगेको छ । अमेरिकाले होर्मुज स्ट्रेट  क्षेत्रमा माइन बिछ्याउने तयारीमा रहेका इरानका १६ वटा डुङ्गामाथि आक्रमण गरी नष्ट गरेको जनाएको छ । अमेरिकी सेनाकोअमेरिकी सेनाको सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समार्फत् आक्रमणको भिडियो सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा पनि यस्ता आक्रमण जारी रहने बताएका छन् ।

के हो होर्मुज जलडमरू क्षेत्र ?
होर्मुज स्ट्रेट विश्वकै महत्वपूर्ण र रणनीतिक रूपमा संवेदनशील समुद्री मार्ग हो ।पर्शियन खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्छ  यस जलमार्गको उत्तरतर्फ इरान र दक्षिणतर्फ संयुक्त अरब इमिरेट्स तथा ओमान रहेका छन् ।विश्वमा खपत हुने कुल पेट्रोलियम पदार्थको करिब २०–२५ प्रतिशत यही मार्गबाट ढुवानी हुने भएकाले यसलाई विश्व ऊर्जाको महत्वपूर्ण मार्ग मानिन्छ ।

साउदी अरेबिया, इराक, संयुक्त अरब इमिरेट्स, कुवेतकतार जस्ता प्रमुख तेल तथा ग्यास उत्पादक देशहरूले निर्यातका लागि यही मार्ग प्रयोग गर्छन् । यो जलमार्ग अत्यन्त साँघुरो छ । यसको सबैभन्दा साँघुरो स्थान करिब २१ माइल (३३ किलोमिटर) चौडा मात्र छ भने जहाज आवतजावतका मुख्य लेन करिब दुई–दुई माइल मात्र चौडा छन् ।

इरान र अमेरिका तथा अन्य पश्चिमा देशबीच तनाव बढ्दा इरानले यो मार्ग बन्द गर्ने चेतावनी दिने गरेको छ । यदि यो मार्ग अवरुद्ध भए विश्वव्यापी रूपमा तेलको मूल्य बढ्ने र विश्व अर्थतन्त्रमा असर पर्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।

Facebook Comments Box