मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ जना घाइते

काठमाडौं, ४ चैत्र – मकवानपुरको मनहरी गाउँपालिका–६ भुलचोकमा यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। शुक्रबार बा.४ ख ४४५४ नम्बरको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरुमा बसका सहचालक नुवाकोट तार्केश्वर गाउँपालिका–४ बस्ने २२ वर्षीय सुभाष श्रेष्ठ र सोही ठाउँ बस्ने २९ वर्षीय शम्भु दराई रहेका छन्। दुर्घटनामा घाइते भएका अन्य ९ जनालाई उपचारका लागि चितवन भरतपुरतर्फ पठाइएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments Box