संघीय संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं, २ चैत – संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन अन्त्य गरेकी हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेकी संघीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयद्वारा जारी सूचनापत्रअनुसार गत फागुन २९ गते प्रतिनिधिसभाबाट यही चैत २ गते आजका लागि तोकिएको प्रतिनिधिसभा बैठक र माघ १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि स्थगित राष्ट्रियसभा बैठकसमेत अन्त्य भएको छ । प्रतिनिधिसभाको चालु दशौं अधिवेशन मंसिर २८ गते प्रारम्भ भएको थियो ।

Facebook Comments Box