आज पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने

काठमाडौं, २ चैत – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगलादेश तथा आसपासका क्षेत्रमा निम्नचापीय प्रणाली रहेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघगर्जन चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, बिहीबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने छ। राती देशभर मौसम सामान्यतया सफा रहने छ।

शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Facebook Comments Box