सप्तकोसीमा सतर्कता तह नाघ्दा चतराका बासिन्दालाई होसियारी अपनाउन आग्रह
काठमाडौँ, १९ असोज – सुनसरीस्थित चतरामा सप्तकोसी नदीको बहाव सतर्कता तह नाघेपछि आसपासका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ५ बजे जारी गरेको सूचना अनुसार निरन्तर वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढ्दै गएको छ ।
विभागले सो क्षेत्रका बासिन्दालाई बाढी र डुबानको सम्भावनालाई ध्यानमा राखी आवश्यक होसियारी अपनाउन अनुरोध गरेको हो । सूचनामा भनिएको छ, “सप्तकोसी चतरामा बहाव सतर्कता तह पार गरेको छ । हाल भारी वर्षा भइरहेको र आज बेलुकासम्म निरन्तर रहने सम्भावना रहेकाले नदीमा बाढी थप बढ्ने देखिन्छ । बाढी र डुबान हुने क्षेत्रहरूमा बसोबास गर्ने नागरिकले अति उच्च सतर्कता अपनाउन अनुरोध छ ।”
Facebook Comments Box

