काठमाडौँ उपत्यकामा २ सय २२ जना सहित देशभर थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २० पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ सय २२ जना सहित देशभर थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५६, भक्तपुरमा २१ र ललितपुरमा ४५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ७९४ आरटी पीसीआर तथा १ हजार ५३५ एन्टीजेन परिक्षण सहित ९ हजार ३२९ जनाको परिक्षण गर्दा थप ३९३ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार ९५० रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २६३ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १२ हजार ९३६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६०१ रहेको छ ।

