जलविद्युत्मा आयोजनामा पुरिएर बेपत्ता भएका दुई मजदुरको शव फेला

काठमाडौँ, २२ असार – सिन्धुपाल्चोकमा निर्माणाधिन भोटेकोसी जलविद्युत्मा आयोजनामा पुरिएर बेपत्ता भएका दुई मजदुरको शव फेला परेको छ। भोटेकोसी गाउँपालिका ४ मा निर्माणधिन झिर्पु इलेक्ट्रो पावर कम्पनी लिमिटेडको ड्याम साइडको सुरुङ भत्किँदा शुक्रबार साँझ १२ मजदुर पुरिएका थिए। सिन्धुपाल्चोकमा निर्माणाधीन विद्युत् आयोजनामा १२ मजदुर पुरिए, २ जना बेपत्ता

पुरिएकामध्ये १० मजदुरको घाइते अवस्थामा राति नै उद्धार गरिएको भएपनि बेपत्ता दुई मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिए। शुक्रबार साँझ सुरुङभित्र पुरिएका दुई मजदुरको शव शनिबार बिहान ४ बजे निकालिएको छ, डीएसपी भट्टराईले नेपालखबरसँग भने, ‘घाइते १० जनाको सिन्धुपाल्चोक र काभ्रेका असप्तालमा उपचार भइरहेको छ।’

निर्माणाधिन ४० मेगावाटको भोटेकोशी जलविद्युत् आयोजना–१ को ड्यामसाइडको सुरुङको ढलान गर्ने क्रममा शुक्रबार साँझ सल्याबको ढलान भासिँदा घटना भएको उनले बताए। मृत्यु हुनेमा बर्दियाको ठाकुरबारा नगरपालिका ३ का ३० वर्षीय रामदिन थारु र ठाकुरबाबा ५ का ३० वर्षीय सुमन थारु छन्। उनीहरु आयोजना निर्माणमा खटिँदै आएका मजदुर हुन्।

घटनामा १० जना मजदुर घाइते भएका उनले बताए। घाइतेलाई उद्धार गरी उपचारका लागि बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पतालमा भर्ना गरिएका छ। गम्भीर अवस्थाका चार जनालाई थप उपचारको लागि काभ्रेको धुलिखेल ल्याइएको छ। घटनास्थल सिन्धुपाल्चोक सदरमुकाम बाह्रबीसेबाट ७० किलोमिटर उत्तर पूर्वमा पर्छ।

Facebook Comments Box