चिसाे बढी रहेकाेले बिहानको समयमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाकाे अनुरोध

काठमाडौँ, २० पुस – हाल देशभर मौसम सामान्यतया सफा छ भने तराईका धेरैजसो स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज महाशाखाले २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरी बिहानको समय काठमाडौं उपत्यकालगायत तराई क्षेत्रमा बाक्लो हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट ज्यान जोगाउन सुझाव दिएको छ।

‘बिहानको समयमा उपत्यकालगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’,

यस्तै सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न सतर्कता अपनाउन उक्त क्षेत्रका सबैमा महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले अगाडि भनेको छ, ‘साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तन बारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धि सूचनामा अध्यावधिक रहनहुनसमेत अनुरोध छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। जसका कारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश नम्ब्र १ मा मौसम आंशिक देखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली हुनेछ।

यस्तै राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। साथै सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

Facebook Comments Box