अमेरिकाबाट ल्याइएकाे फाइजर खाेप जनशक्तिलाई तालिम प्रदान गरेर मात्र खोप कार्यक्रम सञ्चलन गरिने
काठमाडौँ, ८ कात्तिक – सोमबार बिहान नेपाल ल्याइएकाे एक लाख ६२० डोज फाइजर खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ । कोभ्याक्स सुविधा मार्फत अमेरिकी अनुदानमा नेपाल ल्याइएकाे उक्त खोपलाई माइनस ८० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गरिएको खोप आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताउनुभयो ।
नेपालमा ल्याईएका अरु एक्ट्राजेनिका,जोनसोन एण्ड जोनसोन ,भेरोसेल र कोभिसिल्डको तुलनामा यसलाई कम तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले खोप केन्द्रमा पुर्याउनु अघि केन्द्रीय खोप भण्डारणमा राखिएको उहाँको भनाइ छ । यो खोप कार्यक्रम पनि केहि फरक हुने भएकाले जनशक्तिलाई तालिम प्रदान गरेर मात्र खोप कार्यक्रम सञ्चलन गरिने उहाँले बताउनुभयो ।
Facebook Comments Box

