सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग
काठमाडौँ, ८ कात्तिक – सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । सोमबार बसेको सर्वोच्च बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।
न्यायालयमा अहिलेको परिस्थिति आउनुमा नेतृत्व नै जिम्मेवार भएकाले उनले नै निकास दिनुपर्ने उनको भनाइ छ । ‘यो परिस्थिति आउनुमा अहिलेको नेतृत्व जिम्मेवार छ ।
यसले समाधान त गर्न सकेन सकेन, समस्या झन् जटिल बनायो । यसैले अहिलेको नेतृत्वले निकास दिएर न्यायपालिकाको सुधार गर्नुपर्छ भन्ने हाम्रो निश्कर्ष भयो’ उनले भने । सोमबार नै बसेको नेपाल बार एशोसिएसनको बैठकले पनि प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको थियो ।
Facebook Comments Box

