मन्त्रिपरिषद् बैठकद्वारा ऐतिहासिक निर्णय : अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक

काठमाडौँ, ८ असोज – सरकारले खर्च कटौती र मितव्ययितामा जोड दिने ऐतिहासिक निर्णय गरेको छ। असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च घटाउने, बजेटलाई प्राथमिकता अनुसार पुनःविनियोजन गर्ने र सरकारी संरचना छरितो बनाउने निर्णयहरू गरेको छ।

मुख्य निर्णयहरू:

  • विदेश भ्रमणमा कडाइ: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र अत्यावश्यक प्राविधिक भ्रमण बाहेक सबै सरकारी, प्रदेश र स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणमा रोक।

  • सल्लाहकार र स्वकीय सचिव सीमित: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष बाहेक अन्य पदाधिकारीलाई सल्लाहकार नियुक्ति नगर्ने। मन्त्री र प्रदेश प्रमुखको सचिवालयमा अधिकतम ३ जना मात्र।

  • बजेट रोक्का र पुनःप्राथमिकीकरण: महत्वहीन, टुक्रे तथा पूर्वतयारी नभएका आयोजनाहरू रोक्का। राष्ट्रिय प्राथमिकता र क्रमागत आयोजनामा बजेट सुनिश्चित।

  • उपभोक्ता समिति प्रतिबन्ध: रु १० लाखभन्दा बढीका आयोजना उपभोक्ता समितिबाट कार्यान्वयन नगर्ने र आयोजना टुक्र्याएर समिति गठन नगर्ने।

  • सुविधा र खर्च कटौती:

    • स्वकीय सचिवालयलाई मन्त्रालयमा कार्यकक्ष नदिने, सवारी साधन र भौतिक सुविधा बन्द।

    • नियमित कामका लागि बैठक भत्ता नदिने।

    • व्यक्तिगत आवास प्रयोग गर्ने पदाधिकारीलाई आवास सुविधा नदिने।

    • नयाँ सवारीसाधन खरिद नगरी विद्यमान साधनबाटै व्यवस्था।

    • अनावश्यक विद्युत् र सञ्चार खर्चमा मितव्ययिता।

  • संरचना पुनरावलोकन: दोहोरो जिम्मेवारी भएका संरचना खारेज। भूमि समस्या समाधान आयोग खारेज गर्ने तयारी।

  • सुरक्षा र अनुसन्धान संरचना पुनःव्यवस्था: राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहतमा राख्ने। राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालय मातहत ल्याई पुनःसंरचना गर्ने।

  • महँगा र वितरणमुखी कार्यक्रम रोक: ग्यास, साइकल, स्वास्थ्य बीमा, साडी वितरणजस्ता योजनामा रोक।

  • अन्तिम लेखा परीक्षण र बक्यौता असुली कडाइ: असुलउपर नगरेका कर तथा गैरकर राजस्व तत्काल असुली गर्ने।

सरकारले चालु खर्च नियन्त्रण, सामाजिक क्षेत्रको प्राथमिकता, र आगामी निर्वाचन समयमा सम्पन्न गर्न आवश्यक स्रोत सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ।

Facebook Comments Box