काठमाडौँ उपत्यकामा ६२४ जना सहित देशभर थप २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १० साउन – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६२४ जना सहित देशभर थप २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४६८, भक्तपुरमा ६७ र ललितपुरमा ८९ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ५६९ आरटी पीसीआर तथा ३ हजार २६५ एन्टीजेन परिक्षण सहित १३ हजार ८३४ जनाको परिक्षण गर्दा २ हजार २३७ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ३९९ रहेको छ भने सक्रिय संक्रमितको संख्या २७ हजार २२८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ५० जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ७१३ रहेको छ

