काठमाडौँ उपत्यकामा ५८७ जना सहित देशभर थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २९ असार – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५८७ जना सहित देशभर थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१०, भक्तपुरमा ८० र ललितपुरमा ९७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ५८ आरटी पीसीआर तथा ३ हजार ९५४ एन्टीजेन परिक्षण सहित ११ हजार १२ जनाको परिक्षण गर्दा २ हजार ३९८ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ३ हजार ८५६ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार २६१ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार ७८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ४१२ रहेको छ

