महाअभियोग सिफारिस समितिले बहालवालाल न्यायाधीशलाई पनि बोलाउने

काठमाडौं, २९ भदौ – महाअभियोग सिफारिस समितिले बहालवालाल न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको हो ।

चोलेन्द्रले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।अर्को बैठक बिहीबार बस्ने छ । तर, बैठकको समय भने यकिन भइनसकेको समितिका ज्येष्ठ सदस्य रामबहादुर बिस्टले जानकारी दिए ।

Facebook Comments Box