ओलीले पार्टीलाई विघटन, विभाजन र विसर्जनतर्फ लगे : खनाल
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजनतर्फ धकेलेको बताउनुभयो ।
आज सानेपामा आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले ओलीको पछिल्ला गतिविधिले पार्टी विभाजनको संकेत गरेको बताउनुभयो ।
केपी ओलीले जुन ढंगले काम गर्नुभएको छ, हाम्रो पार्टीलाई विघटन, विभाजन र बिसर्जनतर्फ लैजाने प्रयास गर्नु भएको छ । यसले पार्टी कार्यकर्तालाई आक्रोशित बनाएको छ खनालले बताउनुभयो । ओलीले पार्टाीमा परामर्शविनै आसेपासेलाई नियुक्ति गर्ने गरेको बताउदै प्रधानमन्त्री ओलीले भ्रष्टचारीलाई संरक्षण गरेको समेत आरोप लगाउनुभयो।
Facebook Comments Box