सर्वोत्तम सिमेन्टको आईपीओको मूल्य ७५०
सौरभ समूहको उत्पादित सर्वोत्तम सिमेन्ट कम्पनीले आईपीओ जारी गर्न बुधबार बिक्री प्रबन्धक नियुक्त गरेको छ । ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक र प्रभु क्यापिटल तथा एनआईबीएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक तोकेर कम्पनीले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी सुरु गरेको हो ।
पहिलो पटक बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको कम्पनीको ३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी छ । चुक्ता पुँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता बराबरको आईपीओ जारी हुने सौरभ ग्रुपका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले जानकारी दिनुभयो । सिमेन्टको आईपीओको प्रतिकित्ता मूल्य ७५० रुपैयाँ भन्दा बढी हुने कम्पनीले जनाएको छ ।
बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न सबै प्रक्रिया पूरा गरेको कम्पनीले बुधबार बिक्री प्रबन्धक तोकेसँगै अब आईपीओ जारी गर्ने काम अघि बढेको जनाएको छ । अब धितोपत्र बोर्डले आईपीओका लगि अन्तिम स्वीकृति प्रदान गेपछि कम्पनीको आईपीओ खुल्ने छ ।
कम्पनीले निष्कासन गर्ने ६० लाख कित्ता आईपीओ मध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, स्थानीय जील्ला बासीलाई ८ लाख कित्ता, कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता र अन्य सर्वसाधरणकालागि २५ लाख कित्ता छुट्ट्याइएको छ ।