हेटौंडाको मुख्य बजार क्षेत्र टीसीएनमा रहेको तरकारी बजारमा आगलागी

काठमाडौं, १० कात्तिक – हेटौंडा उपमहानगरपालिका –१० स्थित मुख्य बजार क्षेत्र टीसीएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ ।मीना साहले सञ्चालन गर्दै आएको होटलबाट सल्किएको आगोले तरकारी बजारमा फैलिँदा लाखौं रुपैयाँको सामान नष्ट भएको छ ।

तरकारी बजारका होटलमा ग्यासका सिलिण्डर पनि भएको र ती सिलिन्डर पड्किँदा आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ ।तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयबासिन्दाको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । तरकारी बजारमा टिन र काठले बनाइएका छाप्रा रहेकाले पनि आगो छिटो फैलिएको थियो ।

Facebook Comments Box