न्यायक्षेत्रका समसामयिक विषय अध्ययन गर्न नेपाल बारद्वारा समिति गठन
काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालबारे अध्ययन गर्न समिति गठन गरेको छ। बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा पूर्वउपाध्यक्ष उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, सर्वोच्च अदालत बारका पूर्वअध्यक्ष पूर्णमान शाक्य र पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले सदस्य रहनुभएको छ।
समितिको सदस्य सचिवमा बारका केन्द्रीय सदस्य बाबुराम अर्याल रहनुभएको छ। समितिलाई न्यायालयबारे उठेका टिप्पणीका तथ्य सङ्कलन गरी समग्र न्यायक्षेत्रको सुधार र उन्नयनका लागि आवश्यक सुझाव एक महिनाभित्र पेस गर्ने जिम्मेवारी दिइएको नेपाल बारले जनाएको छ।
Facebook Comments Box

