रोल्पामा भिरबाट लडेर युवकको मृत्यु
रोल्पा, २९ चैत – रोल्पा मा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–२ नुवागाउँ का २२ वर्षीय देशकुमार बाँठामगरको शनिबार साँझ भिरबाट लडेर ज्यान गएको हो । जुँगारदेखि नुवागाउँ घर फर्कने क्रममा उनी लडेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
रयालेस्थित बाटोबाट करिब ६० मिटर तल खोलामा खसेर घटनास्थलमै मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापा नेपाली का अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box

