आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजेसम्म मात्रै खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयको समय एक घण्टा घटाइएको छ। सरकारको निर्णयअनुसार अब सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ गतेदेखि आगामी माघ १५ गतेसम्म सरकारी कार्यालयको नयाँ समय लागू हुनेछ। यसअघि कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए।

हिउँदमा साँझ छिट्टै अँध्यारो हुने भएकाले कार्यालय समय घटाइएको हो। यसैगरी, सरकारी कार्यालयमा शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा कायम रहनेछ। गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो। सरकारले उक्त निर्णयलाई निरन्तरता दिँदै आएको छ।

Facebook Comments Box