सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात जना घाइते
सल्यान – सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। शुक्रबार साँझ सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकमा श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप सडकबाट करिब एक सय ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पुर्याइएकोमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ का ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन्। घाइतेमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगञ्ज पठाइएको छ। जिप चालक ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box

