पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका दुई स्थानमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि राजमार्गमा यातायात ठप्प भएको हो ।
निरन्तर वर्षा भइरहेकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालन गर्न कठिन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभएको छ । उहाँले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
Facebook Comments Box

