दिल्लीको जुत्ता कारखानामा आगलागी हुँदा चार जनाको मृत्यु

भारत – भारतको राजधानी नयाँदिल्लीस्थित मंगोलपुरीमा रहेको जुत्ता कारखानामा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार शुक्रबार राति साढे ९ बजे मंगोलपुरी औद्योगिक क्षेत्रको फेज–१ स्थित बी–२९३ र २९४ नम्बरको कारखानामा आगलागी भएको हो।

आगलागीपछि कारखानाभित्र बेहोस अवस्थामा फेला परेका छ जनालाई उद्धार गरी उपचारका लागि सञ्जय गान्धी मेमोरियल अस्पताल लगिएको थियो।उपचारका क्रममा चिकित्सकले चार जनालाई मृत घोषणा गरेका हुन्। अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको भारतीय प्रहरीले जनाएको छ। आगलागी भएको कारखानामा जुत्ता उत्पादन तथा भण्डारण गर्ने गरिएको थियो।

Facebook Comments Box