एनपीएलमा आज सुदूरपश्चिम र पोखरा भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न साढे चार बजे सुरु हुनेछ। दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रनेछन्।
सुदूरपश्चिमको यो दोस्रो खेल हो। पहिलो खेलमा सुदूरपश्चिम दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्ससँग पराजित भएको थियो। पोखरा भने आज पहिलो खेल खेल्दैछ। यसअघि भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले जित हासिल गरेका छन्। मंगलबार भएका खेलमा चितवनले विराटनगर किङ्सलाई र कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेका थिए। अङ्क तालिकामा लुम्बिनी लायन्स पहिलो, कर्णाली याक्स दोस्रो र चितवन राइनोज तेस्रो स्थानमा रहेका छन्।
Facebook Comments Box

