प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
काठमाडौँ, ३० वैशाख – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुने भएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै, सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावहरू पेश हुने र त्यसमाथि छलफल गरिनेछ ।
आजै नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यक्रम पनि तय गरिएको संसद् सचिवालयले जनाएको छ । यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

