राष्ट्रपति ट्रम्प चीन भ्रमणमा, इरान मुद्दा एजेन्डामा नरहेको दाबी

डोनाल्ड ट्रम्प बुधबार चीन प्रस्थान गरेका छन्। भ्रमणअघि उनले इरान सँगको तनाव अन्त्य गर्न चीनको सहयोग आवश्यक नरहेको बताएका छन्। बीबीसीका अनुसार ट्रम्पले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग विभिन्न विषयमा विस्तृत छलफल हुने बताएका छन्।

ट्रम्पले “हामीसँग छलफल गर्न धेरै विषय छन्” भन्दै इरान हाल आफ्नो प्राथमिक एजेन्डामा नरहेको दाबी गरेका छन्। उनले इरानबारे चेतावनीपूर्ण अभिव्यक्ति दोहोर्‍याउँदै “या त सम्झौता हुनेछ, नत्र उनीहरू नष्ट हुनेछन्” भनेका छन्।

यसअघि चीनको विदेश मन्त्रालय ले ट्रम्प मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमणमा रहने जानकारी दिएको थियो। झन्डै नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपति चीन भ्रमणमा गएका हुन्। ट्रम्पको यो भ्रमण विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्धका लागि महत्त्वपूर्ण मानिएको छ।

Facebook Comments Box