ललिता निवास जग्गा प्रकरणमा अब मुद्दा दर्ता नहुने

काठमाडौँ, २६ पुस – ललिता निवास जग्गा प्रकरणमा अब मुद्दा दर्ता नहुने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई मुद्दाको फाइल फिर्ता गरिदिएको छ।

सो प्रकरणको हदम्याद भोलि (पुस २७ गते) सकिँदैछ। अब हद म्यादका कारण मुद्दा दर्ता हुने सम्भावना लगभग सकिएको छ। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा पौडेलले थप अनुसन्धान गर्न फाइल फिर्ता गरिएको जानकारी दिए।

मुलुकी ऐनको कसुर अनुसार मुद्दा चलाउने भएकाले हदम्याद नसकिने पौडेलले बताए । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

सरकारी जग्गा हडप गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए। सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ।

Facebook Comments Box