सात महिनामा रु १ खर्ब २३ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज, ११ चैत – चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्धन आयातमा वृद्धि भएको हो। यस अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ।
कुल आयातमध्ये रु ६३ अर्ब ६५ करोड बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात गरिएको छ। त्यसैगरी, रु २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल तथा रु २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको कार्यालयले जनाएको छ।
Facebook Comments Box

