दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस आज

काठमाडौँ, ११ चैत – आज विश्वभर दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै छ। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति प्रतिबद्धता जनाउँदै विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरिएका छन्। यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा विशेष स्मृतिसभा आयोजना हुँदैछ।

सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले दास व्यापार र दासत्वलाई मानव इतिहासकै गम्भीर मानवअधिकार उल्लङ्घनका रूपमा स्वीकार गर्दै सन् २००७ मार्च २५ लाई यसको द्विशतवार्षिकीका रूपमा मनाउने घोषणा गरेको थियो।

त्यसपछि सन् २००८ देखि प्रत्येक वर्ष मार्च २५ मा यो दिवस मनाउन थालिएको हो। इतिहासअनुसार सन् १८०७ मा बेलायतले दास व्यापार उन्मूलन ऐन पारित गर्दै अफ्रिकाबाट दासको खरिद–बिक्री, साटासाट तथा स्थानान्तरणलाई गैरकानुनी घोषणा गरेको थियो।

Facebook Comments Box